२०८३ बैशाख ४ गते , शुक्रबार

लागू औषधसहित ५ जना पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ असार ८ गते , मंगलबार
लागू औषधसहित ५ जना पक्राउ

झापा  । मोरङ सुनवर्सी नगरपालिका ८ विश्वकर्मा चौकमा लागू औषध ब्राउन सुगरसहित तीन जना परेका छन् । पक्राउ पर्नेमा सुनसरी इटहरी ७ का ३५ वर्षीय सुजन भन्ने ललित चौधरी, मोरङ कानेपोखरी ७ का २० वर्षीय महेश चौधरी र १९ वर्षीय भत्तेल भन्ने समीर चौधरी रहेका छन् ।
सोमबार बेलुका साढे ७ बजे प्रहरी चौकी झपडतलबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट आउँदै गरेको तीन जना सवार रहेको प्र-न-१-०२-०४५ प ३९७३ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा उनीहरूको साथबाट १४ ग्राम लागू औषध ब्राउन सुगर फेला पारी मोटरसाइकल सहित पक्राउ गरिएको हो ।
त्यस्तै सोही स्थान सुनवर्सी नगरपालिका ८ विश्वकर्मा चौकमा प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले लागू औषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका ४ का २५ वर्षीय प्रकाश लिम्बु र २० वर्षीय विमल तामाङ रहेका छन् । दक्षिणबाट आउँदै गरेको को ४ प ९१८० नम्बरको मोटरसाइकलमा सवारी उनीहरूको साथबाट Diazelab १० पिस 2m.l., फेनारगन १० पिस 2 m.l., IPEL१० पिस र ट्रमोल २०० ट्याब्लेट फेला पारी मोटरसाइकल सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार