२०८३ बैशाख ३ गते , विहीबार

विद्यार्थीलाई निःशुल्क स्वास्थ्य बिमाको माग गर्दै अनेरास्ववियुद्धारा भद्रपुर नगरपालिकालाई ज्ञापनपत्र

sajilo news
पार्थ मण्डल
२०७८ असार ८ गते , मंगलबार
विद्यार्थीलाई निःशुल्क स्वास्थ्य बिमाको माग गर्दै अनेरास्ववियुद्धारा भद्रपुर नगरपालिकालाई ज्ञापनपत्र

भद्रपुर । विद्यार्थीलाई निःशुल्क स्वास्थ्य बिमाको माग राख्दै अखिल नेपाल विद्यार्थी राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन भद्रपुर नगर कमिटीले भद्रपुर नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । 
नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई अनिवार्य निःशुल्क स्वास्थ्य बिमाको माग सहितको ६ बुँदे ज्ञापनपत्र अनेरास्ववियुका नगर संयोजक पवन धमला र इन्चार्ज सरोज ढकालले नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठलाई मङ्गलवार ज्ञापनपत्र बुझाएका हुन । ज्ञापनपत्रमा भनिएको छ, अनेरास्ववियु स्थापनाकाल देखि नै विद्यार्थी हक अधिकार संरक्षण, ,शैक्षिक परिवर्तनका लागि सङ्घर्षरत रहेको तथ्य सर्वविदितै छ । अनेरास्ववियु सामाजिक न्याय, राष्ट्र , राष्ट्रियता, स्वदीनता , गणतन्त्र र विद्यार्थी आन्दोलनको विषयमा पहरेदार सङ्गठनको रूपमा भूमिका निर्वाह गर्दै आइरहेको छ ।

यस भद्रपुर नगरपालिका आर्थिक वर्ष  २०७८-७९ को बजेट तथा नीति कार्यक्रममा शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिँदै नगरको कूल बजेटको कम्तीमा २० प्रतिशत रकम छुट्टाउनु पर्ने, विद्यालय सञ्चालन अगाडी सम्पूर्ण विद्यार्थी तथा शिक्षकहरूलाई अनिवार्य रूपमा कोभिड १९ विरुद्ध खोप उपलब्ध गराउनु पर्ने, नेपालको संविधानको धारा ३१ को उपधार (२) समावेश भए बमोजिम कक्षा १ देखि १२ अनिवार्य निःशुल्क शिक्षा कार्यान्वयन गराउनु पर्ने, नगरपालिकाका केही विद्यालयहरूमा अहिले पनि शुद्ध पिउने पानी र व्यवस्थित शौचालयको अभाव देखिएकाले विद्यालयमा पिउने पानी र व्यवस्थित शौचालयको व्यवस्थापन गर्नुपर्ने माग उल्लेख छ । सो माग सम्बोधनमा लागि नगरपालिकाका मेयर श्रेष्ठले सकारात्मक रहेको अनेरास्ववियुका नगर इन्चार्ज ढकालले जानकारी दिए । 

सम्बन्धित समाचार