२०८३ बैशाख ४ गते , शुक्रबार
खानेतेलको गिलेनमा लागू औषध !
झापा । खाने तेलको गिलेनभित्र लागू औषध भित्राउने एक जना पक्राउ परेका छन् । विराटनगर १६ दक्षिण गेट स्थितबाट लागू औषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले मङ्गलवार बेलुका साढे ६ बजे लागू औषधसहित सुनसरी चक्रघट्टी ७ का ३२ वर्षीय राज कुमार मगरलाई पक्राउ गरेको हो । उनले बोकेको झोलामा खाने तेलको गिलेनमा एभिल ७७ एम्पुल, लुपिजेसिक ७५ एम्पुल, डाइजाल्याप ७५ एम्पुल र फेनारगन ७८ एम्पुल फेला परेको थियो । पक्राउ परेका मगरलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।