२०८३ बैशाख ४ गते , शुक्रबार
मेचीनगरमा ब्राउन सुगरसहित एक जना पक्राउ
झापा । झापामा लागू औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ५ स्थित पिपल चोक बस्ने २९ को राम बहादुर निरौला रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनलाई लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनको साथबाट ३९ ग्राम लागु औषध ब्राउन सुगर र एक थान डिजिटल तराजु फेला परेको प्रहरीले जनाएको छ । उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।