२०८३ बैशाख ५ गते , शनिबार

झापा गाउँपालिकाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ असार ११ गते , शुक्रबार
झापा गाउँपालिकाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ

झापा । झापा गाउँपालिकाबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गाउँपालिका २ बालुवाटार बस्ने ३२ वर्षिय विशाल मर्डी रहेका छन् ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कुमरखोदबाट झापा बजारको लागि खटिएको प्रहरी टोलीले आज बिहान वडा नं २ झापा बजार क्षेत्रभित्रमा ती व्यक्तिलाई शंका लागेर चेकजाँच गर्दा पेन्टको गोजीमा पोलिथिनमा प्याक गरी राखेकोे ब्राउनसुगर ७ ग्राम ३०० मिलिग्राम भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार