२०८३ बैशाख ५ गते , शनिबार

पोखरी निरीक्षणमा गएका वडाध्यक्षको हत्या, ठेकेदार र जेसिबी चालक पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ असार १२ गते , शनिबार
पोखरी निरीक्षणमा गएका वडाध्यक्षको हत्या, ठेकेदार र जेसिबी चालक पक्राउ

झापा । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ३ स्थित भक्तिपुरका वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको हत्या भएको छ ।  वडाध्यक्ष श्रेष्ठको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले  आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जेसिबी चालक रविन तामाङ भनिने हर्कबहादुर तामाङ र ठेकेदार प्रेम दाहाल छन् । 

शुक्रवार राति विवादका क्रममा जेसिबी चालक हर्कबहादुर तामाङ लगायतले कुटपिट गर्दै हत्या गरेको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए । शुक्रबार साँझ ठेकेदार प्रेम दाहालसँगै वडा अध्यक्ष श्रेष्ठ सहितका टोली सौन्दर्यीकरण भईरहेको मुखलाल दास पोखरीको निरीक्षण गर्ने क्रममा विवाद हुँदा जेसिबी चालक हर्कबहादुर तामाङ​ले हत्या गरेको प्रहरी उपरीक्षक राठौरले बताए ।

सो पोखरीको सौन्दर्यीकरणका क्रममा नै विवाद उत्पन्न भएको थियो भने पछि संगै खाजा खाएर विवाद समाधान गर्ने भनेपनि कुराकानी नमिल्दा पुनः पोखरीको निरीक्षण गर्नेक्रममा वडा अध्यक्ष श्रेष्ठको हत्या गरिएको थियो । विवादकै क्रममा आक्रोशित जेसिबी चालकले वडाध्यक्ष श्रेष्ठको टाउको र छातीमा बकेटले प्रहार गरेपछि घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीले बताए ।

उनका अनुसार हत्यापछि वडा अध्यक्ष श्रेष्ठलाई त्यही पुरेर चालक फरार भएका थिए । प्रहरीलाई खबर प्राप्त भएलगत्तै घटनास्थल पुगेर शव गाडेको ठाउँबाट शव निकालिएको प्रहरी उपरीक्षक राठौरले बताए । हत्या आरोपमा पक्राउ परेका दुवै जना प्रहरी नियन्त्रणमा छन् भने थप अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक राठौरले बताए । रातोपाटीबाट

सम्बन्धित समाचार