२०८३ बैशाख ४ गते , शुक्रबार

भरुवा बन्दुकसहित तीन जना पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ असार १२ गते , शनिबार
भरुवा बन्दुकसहित तीन जना पक्राउ

तेह्रथुम । तेह्रथुमको लालिगुँरास नगरपालिका–१ भुल्के स्थितबाट तीन थान भरुवा बन्दुक सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३५ वर्षीय मनोज गुरुङ, ३४ वर्षीय प्रेम गुरुङ र ३६ वर्षीय राम बहादुर गुरुङ रहेका छन् । प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बन्दुक बोकेर हिँडिरहेको अवस्थामा फेला पारेको थियो । प्रहरीलाई देख्न साथ भाग्न खोजेका उनीहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय वसन्तपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार