२०८३ बैशाख ४ गते , शुक्रबार
खुकुरी प्रहार गरी छोराले गरे बाबुको हत्या
खोटाङ । खोटाङ दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका २ सोल्माका २८ वर्षीय सुवर्ण राईले आफ्नै बुबाको हत्या गरेका छन्। आज बिहान पौने ५ बजे उनले आफ्नै बुबा ७२ वर्षीय चन्द्रबहादुर राईलाई गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेको सुचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी टोली खटि गई सुवर्णलाई सोही वडाको अल्छेढुंगाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।