२०८३ जेष्ठ ३० गते , शनिबार

झापामा निषेधाज्ञा लम्बाइयो, सिटी सफारी र अटो रिक्सामा जोर-बिजोर प्रणाली लागू, पसल ३ बजेसम्म खुला

sajilo news
पार्थ मण्डल
२०७८ असार १४ गते , सोमबार
झापामा निषेधाज्ञा लम्बाइयो, सिटी सफारी र अटो रिक्सामा जोर-बिजोर प्रणाली लागू, पसल ३ बजेसम्म खुला

झापा । झापामा असार २१ गतेसम्मको लागि निषेधाज्ञा लम्बाइएको छ । थपिएको निषेधाज्ञा केही खुकुलो बनाएता पनि सार्वजनिक सवारी साधन चलाउन रोक लगाइएको छ । आज बसेको डिसीसीएमसीको बैठकले निजी सवारी साधन, सिटी सफारी र अटो रिक्साले स्वास्थ्य मापदण्ड अपनाएर जोर बिजोर गते अनुसार सञ्चालन गर्ने पाउने निर्णय गरेको छ । विमानबाट यात्रा गरेका वा गर्ने टिकट वा बोडिङ पास भएका यात्रुहरू एयरपोर्टसम्म जान र एयरपोर्टबाट अन्य स्थानमा जान प्रयोग हुने ट्याक्सीले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइने जोर बिजोर गते अनुसार सञ्चालन गर्न पाउने निर्णय गरिएको छ । 

बजार तथा पसलको हकमा व्यवसायीले बिहान ६ बजे देखि दिउँसो ३ बजेसम्मका लागि सञ्चालन गर्न पाइने भएको छ । होटेल तथा रेष्टुरेन्टहरुले टेक– अबे सेवा मात्र सञ्चालन गर्न पाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए। 

सम्बन्धित समाचार