२०८३ बैशाख ४ गते , शुक्रबार

बैङ्कको एटिएम तोडफोड गर्ने दुई जना पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ असार १४ गते , सोमबार
बैङ्कको एटिएम तोडफोड गर्ने दुई जना पक्राउ

झापा । एनआईसी एसिया बैङ्कको एटिएम बुथ तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी दुहबी–९ का २४ वर्षीय मोहम्मद ईम्तियाज र २५ वर्षीय मोहम्मद अनीश हुसेन रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूले मोरङ बुढिगंगा गाउँपालिका–२ टंकीसिनवारी स्थित सरस्वती खड्काको घरमा राखिएको एटिएम बुथ तोडफोड गरेका थिए ।  प्रहरीले उनीहरूको साथबाट फलामको हथौडा, छिनो, पेच कस समेतको औजार समेत बरामद गरेको छ । उनीहरूमाथि चोरी कसुरमा मुद्दामा कारबाही अघि बढाउने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

सम्बन्धित समाचार