२०८३ जेष्ठ ३० गते , शनिबार

मदन भण्डारीको जन्मजयन्तीको अवसरमा भद्रपुरमा वृक्षारोपण र विपन्न परिवारलाई राहत

sajilo news
पार्थ मण्डल
२०७८ असार १४ गते , सोमबार
मदन भण्डारीको जन्मजयन्तीको अवसरमा भद्रपुरमा वृक्षारोपण र विपन्न परिवारलाई राहत

झापा । जननेता मदन भण्डारीको ७० औं जन्मजयन्ती भद्रपुरमा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । जननेता भण्डारीको जन्म जयन्तीको अवसरमा अनेरास्ववियु भद्रपुर नगर कमिटीद्वारा चन्द्रगढी सामुदायिक वन परिसरमा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

अनेरास्ववियु नगर संयोजक पवन धमलाको अध्यक्षता तथा  प्रदेश सांसद वसन्त बानियाँको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भद्रपुरका उपमेयर चन्द्रमाया श्रेष्ठ, एमालेका नेताहरु घनश्याम अधिकारी, असारु राजवंशी, रोशन लामा र चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हिराप्रसाद पोखरेल लगायतले शुभकामना मन्तव्य रहेका थिए ।  स्वागत मन्तव्य अनेरास्ववियुका मनोहर गौतमले राखेको कार्यक्रमको सञ्चालन अनेरास्ववियु नगर इन्चार्ज सरोज ढकालले राखेका थिए ।

त्यस्तै भण्डारीको ७० औं जन्म जयन्तीको अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी भद्रपुर नगर कमिटी, मदन भण्डारी फाउन्डेसन र राष्ट्रिय युवा सङ्घ नेपाल भद्रपुर नगर कमिटिले नगर क्षेत्रका विपन्न परिवारलाई राहत स्वरूप खाद्य सामाग्री वितरण गरेको छ । प्रदेश सांसद बानियाँको उपस्थितिमा भद्रपुर वडा ४ का तीन र वडा ६ का २ गरी ५ विपन्न परिवारलाई खाद्य सामाग्री वितरण गरिएको जनाइएको छ । 

सम्बन्धित समाचार