२०८३ जेष्ठ ३० गते , शनिबार

विलिभर्स इस्टन चर्चद्वारा भद्रपुरका ३४ विपन्न परिवारलाई खाद्यान्न सामग्री

sajilo news
पार्थ मण्डल
२०७८ असार १५ गते , मंगलबार
विलिभर्स इस्टन चर्चद्वारा भद्रपुरका ३४ विपन्न परिवारलाई खाद्यान्न सामग्री

झापा । भद्रपुर नगरपालिका क्षेत्रका अति विपन्न तथा अशक्त ३४ परिवारलाई राहत स्वरूप खाद्यान्न सामग्री वितरण गरिएको छ । भद्रपुर नगरपालिका ८ स्थित विलिभर्स इस्टन चर्चले नगर क्षेत्रका विभिन्न वडाका अति विपन्न परिवारलाई २५ केजी चामल,२ केजी मसुर दाल र १ लिटर सनफलावर तेल वितरण गरेको हो ।

चर्चमा प्रार्थना गर्न आउने विभिन्न व्यक्ति तथा सङ्घ संस्थाले चढाएको भेटीको १० प्रतिशत रकमले उक्त खाद्य सामाग्री खरिद गरेर वितरण गरेको चर्चका फादर जगत् वाग्लेले बताए । फादर वाग्लेको अध्यक्षता तथा भद्रपुर नगरपालिका उप–प्रमुख चन्द्रामाया श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भद्रपुर ८ नम्बर वडा अध्यक्ष गौरव सुब्बाले मन्तव्य राखेका थिए भने सञ्चालन विक्रम वाग्लेले गरेका थिए ।

सम्बन्धित समाचार