२०८३ जेष्ठ ३० गते , शनिबार

भद्रपुरमा उल्लासपूर्वक मनाइयो धान दिवस

sajilo news
पार्थ मण्डल
२०७८ असार १५ गते , मंगलबार
भद्रपुरमा उल्लासपूर्वक मनाइयो धान दिवस

भद्रपुर । झापाको भद्रपुरमा सामूहिक रुपमा धान रोपेर मङ्गलवार १८ औं धान दिवस तथा रोपाइँ महोत्सव गरिएको छ । भद्रपुर नगरपालिकाको सहयोगमा किच्चकबध कृषि सहकारी संस्थाले मङ्गलवार बिहान भद्रपुर–१ मा आयोजना गरेको कार्यक्रमका बिच दिवस मनाइएको हो । त्यहाँ झन्डै १० कट्ठा जग्गामा रोपाइँ गरिएको थियो ।

संस्थाका अध्यक्ष बुद्धिप्रसाद खरेलको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरप्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रा श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत होमनाथ भट्टराई, नेकपा (एमाले) भद्रपुर इन्चार्ज असारु राजवंशी, नेकपा माओवादी केन्द्र भद्रपुर नगर कमिटी अध्यक्ष शिवकुमार राजभण्डारीलगायतmे धान रोपेका थिए ।

सो अवसरमा हिले दौड प्रतियोगिता पनि गरिएको थियो । प्रतियोगितामा पुरुषतर्फ प्रथम, राजेश निरौला, द्वितीय असारु राजवंशी र तृतीय अमर राजवंशी, महिलातर्फ प्रथम पूजा भण्डारी, द्वितीय इच्छा लिम्बू र तृतीय रिचु आचार्यलाई पुरस्कृत गरिएको थियो । कार्यक्रमका बिच सहभागीहरूलाई असार १५ को सगुन स्वरुप दही–चिउरा खुवाइएको अध्यक्ष खरेलले बताए । 

 

सम्बन्धित समाचार