२०८३ जेष्ठ ३० गते , शनिबार
प्रसिद्ध साहित्यकार तेराखको निधन
झापा । प्रसिद्ध साहित्यकार तेजराज खतिवडा (तेराख)को ७८ वर्षको उमेरमा निधन भएको छ । श्वास प्रश्वास, फोक्सो र ढाडको समस्या भएपछि उपचारका लागि विराटनगरको विराट नर्सिङ होममा तीन दिन अघि भर्ना गरिएको थियो । उपचारको क्रममै आज अपरान्ह डेढ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । मंगलवारदेखि उपचारको क्रममा भेन्टिलेटरमा राखिएको थियो ।
नेपाली साहित्यमा प्रगतिशील स्रष्टाको रुपमा परिचित तेराखको ‘सर्वजा’ सबैभन्दा प्रख्यात उपन्यास हो । टेस्ट ट्युब बेबी (नाटक), रातको बाह्र बजे (उपन्यास), प्रिय शान्तिनगर (खण्डकाब्य), ढाडेका नाकमा घिउ (निबन्ध) लगायत दर्जनभन्दा बढी उनका चर्चित कृति प्रकाशित छन् । उनले मय बिधाको प्रस्तावना लेखेका थिए । तत्कालीन शान्तिनगर–४ इरौँटारमा २००१ साल वैशाख १ गते जन्मेका उनको हाल मेचीनगर–९ धुलाबारीमा बसोबास थियो । उनका दुई छोरा छन् ।