२०८३ बैशाख ३ गते , विहीबार

बालशिक्षक र कर्मचारीको न्यूनतम पारिश्रमिक दिन भद्रपुर नगरपालिका तयार, आन्दोलन फिर्ता

sajilo news
पार्थ मण्डल
२०७८ असार १६ गते , बुधबार
बालशिक्षक र कर्मचारीको न्यूनतम पारिश्रमिक दिन भद्रपुर नगरपालिका तयार, आन्दोलन फिर्ता

झापा  स्थानीय सरकारले माग सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गरेपछि भद्रपुर नगर क्षेत्रका बाल शिक्षक कर्मचारीहरूले आजदेखि आन्दोलन फिर्ता लिएको सरकारले बजेट भाषणमार्फत घोषणा गरेको न्यूनतम पारिश्रमिक १५ हजारको माग गर्दै आन्दोलित बनेका बाल शिक्षक कर्मचारीहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिएको बाल शिक्षक सञ्जाल भद्रपुरकी अध्यक्ष तारा मैनालीले जानकारी दिइन

भद्रपुर नगरपालिका समक्ष एक सूत्रीय माग राख्दै शिक्षक महासंघ नगर समितिसहित नगर क्षेत्रका वटा शिक्षक तथा कर्मचारी सङ्गठनले संयुक्त रुपमा असार १३ गतेदेखि शान्तिपूर्ण आन्दोलनमा उत्रिएका थिए आन्दोलित बनेका उनीहरूले प्रत्येक दिन नगरपालिकामा गएर शान्तिपूर्ण धर्ना दिँदै आएका थिए शिक्षक महासंघ नगरपालिकाबिच भएको वार्ता पश्चात् आज चौथो दिन भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले सरकारले तोकेको न्यूनतम पारिश्रमिक १५ हजार दिने प्रतिबद्धता जनाएपछि हामीले आन्दोलन फिर्ता लिएको उनले बताइन्

'मेयरज्यूले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट, नीति तथा कार्यक्रममा बाल शिक्षक विद्यालय कर्मचारीको न्यूनतम पारिश्रमिक १५ हजार पारित गरेर लैजाने प्रतिबद्धता जनाउनुभयो,' उनले भनिन्, 'हामीले उठाएको माग श्रावण गतेदेखि लागू हुने भएपछि यस आन्दोलनलाई सफल बनाउने सबैलाई धन्यवाद दिन चाहन्छौँ

सरकारले साउन गतेदेखि तोकेको न्यूनतम मासिक १५ हजार तलब कार्यान्वयनमा ल्याउनु पर्ने भन्दै नेपाल शिक्षक महासंघ, बाल शिक्षक विद्यालय कर्मचारी परिषद् नगर समितिले गत जेठ २७ गते नगरपालिकाकालाई लिखित रूपमै ध्यानाकर्षण गराएको थियो

तर, नगरपालिकाले नगर सभाबाट पारित गरेको बजेट, नीति तथा कार्यक्रममा बाल शिक्षकको तलब हजार कर्मचारीको तलबका हजार बढाउने उल्लेख गरेको थियो सरकारले बाल शिक्षक कर्मचारीको अहिलेको पारिश्रमिक बढाएर मासिक आठ हजार पुर्याएको सम्बन्धित पालिकाले सात हजार थपेर न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ उपलब्ध गराउने बजेटमार्फत घोषणा गरेको

सरकारले तोकेको न्यूनतम पारिश्रमिक नगरपालिकाले बजेटमार्फत कार्यान्वयनमा नल्याउँदा आन्दोलनमा उत्रिनु परेको शिक्षक महासंघ नगर समितिका अध्यक्ष गणेश गिरीले बताए नगरभित्र ५७ जना बाल शिक्षक, मावि स्तरका कर्मचारी १६ जना, आधारभूत स्तरका कर्मचारी १६ जना प्रावि स्तरका कर्मचारी १५ जना रहेका छन्

सम्बन्धित समाचार