२०८३ बैशाख ५ गते , शनिबार

८८ ग्राम ब्राउन सुगरसहित झापामा दुई जना पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ असार १६ गते , बुधबार
८८ ग्राम ब्राउन सुगरसहित झापामा दुई जना पक्राउ

झापा । झापाबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका १५ का २० वर्षीय सुवास मेचे र मेचीनगर १० का २५ वर्षीय सुरज लामिछाने रहेका छन्। दुबैलाई झापा कमल गाउँपालिका ३ पूर्वपश्चिम राजमार्गस्थित केरखाबाट बुधबार पक्राउ गरिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

उनका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१ह ५९९० नम्बरको भाडाको टेम्पोको पछाडि सवार रहेका मेचे र लामिछानेको साथबाट ८८ ग्राम ब्राउनसुगर बरामद गरिएको छ। विशेष सूचनाको आधारमा दिउँसो साढे ३ बजे प्रहरीले केरखामा चेक प्वाइन्ट राखेको थियो । दुबैलाई ब्राउनसुगरसहित पक्राउ गरेपछि हिरासतमा राखेर अनुसन्धान थालिएको डिएसपी थापाले बताए । 

सम्बन्धित समाचार