२०८३ बैशाख ५ गते , शनिबार

रोकिएन तस्करी : दुई लाख रुपैयाँको चिनीसहित ट्रक र चालक नियन्त्रणमा

sajilo news
पार्थ मण्डल
२०७८ असार १८ गते , शुक्रबार
रोकिएन तस्करी : दुई लाख रुपैयाँको चिनीसहित ट्रक र चालक नियन्त्रणमा

झापा । तस्करीको माध्यमबाट नेपाल भित्र्याइएको चिनीसहित ट्रक र चालकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट अवैध रूपमा भित्र्याएको चिनी ट्रकमा लोड गरी ल्याएको खुलेको हो ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बखरीको टोलीले चिनी बोकेको ट्रकलाई नियन्त्रणमा लिएको हो । बिओपीका इन्चार्ज प्रहरी निरीक्षक दिलबहादुर पन्तको टोलीले विराटनगर–६ ब्रम्हापुरादेखि अवैध चिनी बोकेको को १ ख २१२९ नम्बरको मिनी ट्रकलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल मोरङका एसपी तीर्थ पौडेलले जानकारी दिए । 

मिनी ट्रकका चालक सुनसरी देवनगन्ज गाउँपालिका – २ का २८ वर्षीय राजेश कुमार खत्वी पनि नियन्त्रणमा परेका छन् । उनले चिनी विराटनगरको भट्टी मोडसम्म पुर्याउने जिम्मा लिएको खुलेको छ । प्रहरीले नियन्त्रणमा लिएको सवारी देवनगन्ज २ का बिसनदेव मेहताको भएको खुलेको छ । सुनसरीबाटै तस्करी गरेर अमरडुवामा राखिएको चिनी ट्रकमा चिनी लोड गरेर विराटनगरमा ल्याई रहेको बेला बाटोमै पक्राउ परेको हो । प्रहरीले बरामद गरेको चिनी २ लाख १० हजार मूल्य बराबरको मूल्याङ्कन गरिएको छ । बरामद चिनी बिओपी बखरीले विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।

सम्बन्धित समाचार