२०८३ बैशाख ५ गते , शनिबार
श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ
झापा। श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । मोरङ बेलबारी–७ का अम्बिका घिमिरेलाई श्रीमती ४८ वर्षीया सिता घिमिरेको हत्या आरोपमा पक्राउ परेका हुन । घरयाशी सामान्य वादविवादपछि दुवै जना बेलुका सुतेका थिए । राती २ः३० बजे श्रीमानले सुतिरहेकी श्रीमतीको बायाँ कन्चटमा मुङ्ग्रोले हिर्काएको थियो ।
त्यसपछि श्रीमतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमतीको हत्यापछि श्रीमान् सिरानीमा मुङ्ग्रो छोडिदिएर घरदेखि दुई किलोमिटर दुरीमा रहेको ग्वाली (गोठ)मा लुकेर बसेको अवस्थामा प्रहरीले शनिवार दिउँसो पक्राउ गरेको हो । यता मोरङ प्रहरीले अम्बिकालाई कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाई थप अनुसन्धान सुरु गरेको छ ।