२०८३ बैशाख ४ गते , शुक्रबार
माओवादी केन्द्रद्वारा प्रदेश १ सभा अवरुद्ध
विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश १ प्रदेशसभाको बैठक आज (आइतबार) पनि अवरुद्ध गरेको छ। प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बीरबाबु गुरुङले गत आइतबार बजेट अधिवेशनमा गरेको सम्बोधन अमर्यादित भएको भन्दै माओवादी केन्द्रले बैठक अवरुद्ध गरेको हो।
असार १५ गते संसद अवरुद्ध भएपछि सभामुख प्रदीपकुमार भण्डारीले छलफलका लागि आसार २० गतेसम्मका लागि बैठक रोकेका थिए। मन्त्री गुरुङले माफी माग्नुपर्ने र संसदीय मान्यताविपरीत अभिव्यक्ति दिएका कारण संसदको रेकर्डबाट उनको अभिव्यक्ति हटाउनुपर्ने माओवादी केन्द्रको माग छ। माओवादी केन्द्रले बैठक अवरुद्ध गरेपछि उपसभामुख सरस्वती पोखरेलले असार २१ गते सोमबारसम्मका लागि बैठक स्थगित गरेकी छन्।