२०८३ बैशाख ४ गते , शुक्रबार
बैङ्किङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ
झापा। बैङ्किङ कसुर मुद्दाका एक फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङ याङवरक २ घर भई हाल बिर्तामोड नगरपालिका ५ बस्ने ३६ वर्षीय नरेन्द्र तिम्सिना रहेका छन् ।
उच्च अदालत विराटनगर इलाम इजलासको २०७७ चैत ३० गतेको फैसला अनुसार बैङ्किङ कसुर मुद्दामा तिम्सिनालाई १५ दिन कैद, ३४ लाख रुपैयाँ जरिवाना र पीडित राहत कोषमा १ लाख ३६ हजार रुपैयाँ दाखिला गर्नुपर्ने फैसला गरेको थियो । हालसम्म फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापा र फैसला कार्यान्वयन झापाको टोलीले ताप्लेजुङ जिल्लाबाट पक्राउ गरी कारागार चलान गरिएको प्रहरी कार्यालय झापाले जनाएको छ ।