अपहरणमा परेकी सुजाताको शव जंगलमा भेटियो
झापा । चितवनबाट गत असार ११ गतेदेखि बेपत्ता सुजाता भण्डारीको शव भेटिएको छ। राप्ती नगरपालिकाको ब्रह्मस्थानी सामुदायिक वनमा भण्डारीको शव भेटिएको प्रहरीले जनाएको छ। परिवारका सदस्य सुजिताको नै शव भएको बताएका छन। चितवन प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले भण्डारीको शव परिवारले पहिचान गरेको र थप अनुसन्धान भइरहेको बताए। थापाले भने, ‘युवतीको शव परिवारले हिजो बेलुका नै हो भनेको छ, हामी घटनास्थलमै छौं र थप अनुसन्धान गरिरहेका छौं।’
भण्डारीको अपहरण भएको भन्दै प्रहरीमा उजुरी परेको थियो। अन्तिम पटक भण्डारीले दिदीलाई फोन गरेर आफूलाई तीन जनाको समूहले अपहरण गरेको बताएकी थिइन्। जंगलमा च्याउन टिप्न गएका स्थानीयहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। वनको बीचमा एउटा झ्याङमा अड्किएको अवस्थामा उनको आइतबार साँझ शव फेला परेको थियो। भण्डारी असार ११ गते विहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी थिइन्। उनी सोही दिनदेखि बेपत्ता भएकी थिइन्। थाहाखबर