२०८३ बैशाख १५ गते , मंगलबार

२६३४ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ असार २२ गते , मंगलबार
२६३४ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा थप २ हजार ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार जम्मा १२ हजार ५ सय ८५ जनाको परीक्षण गर्दा यो संख्यामा संक्रमण पुष्टि भएको छ हो। २४ घण्टामा १ हजार ५ सय ६५ जना कोरोनामुक्त भएका छन्।

नेपालमा हालसम्म निको हुनेको संख्या ६ लाख १२ हजार ९ सय ९४ पुगेको छ।  यस्तै, पछिल्लो २४ घन्टामा थप १५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २ सय ६३ पुगेको छ। 

सम्बन्धित समाचार