२०८३ असार १ गते , सोमबार

देशव्यापी कविता प्रतियोगितामा भद्रपुरका राघव न्यौपाने प्रथम

sajilo news
पार्थ मण्डल
२०७८ असार २२ गते , मंगलबार
देशव्यापी कविता प्रतियोगितामा भद्रपुरका राघव न्यौपाने प्रथम

भद्रपुर । सरकारको गृह मन्त्रालयद्वारा आयोजित ‘देशव्यापी कविता प्रतियोगिता’मा झापा जिल्लाका राघव न्यौपाने प्रथम भएका छन् ।भद्रपुर नगरपालिका ८ निवासी राघव हाल काठमाडौँको मध्यबानेश्वरस्थित भ्याली भ्यु इङ्ग्लिस स्कुलमा कक्षा १० मा अध्ययनरत छन् ।

‘लागू औषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२१’ को अवसरमा आयोजित देशव्यापी भर्चुअल कविता वाचन प्रतियोगितामा सामेल १६५ विद्यार्थीमध्येबाट राघव प्रथम भएका हुन् । उनले पुरस्कारमा नगद ५ हजार र प्रमाणपत्र पाएका छन् ।  काठमाडौँकै २ विद्यार्थी द्वितीय र तृतीय भएका सो प्रतियोगितामा प्रदेशगत रूपमा अन्य ७ प्रतिस्पर्धी सान्त्वना पुरस्कृत भएका थिए ।

सम्बन्धित समाचार