२०८३ बैशाख १५ गते , मंगलबार

२९७९ मा कोरोना संक्रण, १३३३ जना संक्रमणमुक्त

sajilo news
पार्थ मण्डल
२०७८ असार २३ गते , बुधबार
२९७९ मा कोरोना संक्रण, १३३३ जना संक्रमणमुक्त

झापा । देशभर पछिल्लो समय कोरोनामुक्त हुनेभन्दा १६ सय बढीले संक्रमण बढेको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले २४ घण्टामा ११ हजार ८ सय ९८ जनाको कोरोना परीक्षण गर्दा दुई हजार ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

प्रवक्ता  पौडेलले १३ सय ३३ जना कोरोनामुक्त भएको बताए। तथ्यांकअनुसार कोरोनामुक्त हुने भन्दा १६ सय ४६ जनाले संक्रमित हुनेको संख्या बढी छ। त्यस्तै,कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको उनले जानकारी दिए। काठमाडौंमा ३ सय ९० ललितपुरमा ८६ र भक्तपुरमा ६७ गरी कूल उपत्यकामा पाँच सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

सम्बन्धित समाचार