२०८३ बैशाख १५ गते , मंगलबार

निषेधाज्ञा खुकुलोले हेलचेक्र्याइ बढ्यो, झापामा एकैदिन थपिए दोब्बर भन्दाबढी कोरोना संक्रमित

sajilo news
पार्थ मण्डल
२०७८ असार २३ गते , बुधबार
निषेधाज्ञा खुकुलोले हेलचेक्र्याइ बढ्यो, झापामा एकैदिन थपिए दोब्बर भन्दाबढी कोरोना संक्रमित

झापा । निषेधाज्ञा खुकुलो भएपछि झापामा कोरोना संक्रमित झन् थपिएका छन् । समुदाय तहमा बढेको हेलचेक्र्याइका कारण संक्रमितको संख्या झन् उकालो लागेको हो । आज झापामा २५५ जना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसअघि हिजो झापामा ११७ जनामा संक्रमण पुष्टि भएको थियो । आज थपिएको संक्रमितको संख्या अघिलो दिनको तुलनामा दोब्बर भन्दाबढी हो । स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो बनाएपछि सार्वजनिकस्थलमा मानिसको चाप थेगिनसक्नु बढेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार बिर्तामोडमा मात्रै आज ६० जनामा संक्रमण पुष्टि भएको छ । बढ्दो भीड संक्रमण बृद्धिको कारक भएको चिकित्सकले औँल्याएका छन् । संक्रमणप्रति सचेतनाको अभाव कायमै देखिँदा जोखिम झन् बढेर जाने खतरा देखिएको छ ।

सम्बन्धित समाचार