२०८३ बैशाख १५ गते , मंगलबार

१८७५ मा कोरोना संक्रमण पुष्टि, २९ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ असार २४ गते , विहीबार
१८७५ मा कोरोना संक्रमण पुष्टि, २९ जनाको मृत्यु

झापा । देशभर पछिल्लो २४ घण्टामा थप एक हजार ८ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १० हजार पाँच सय ४ जनामा कोरोना परीक्षण भएको थियो।

कोरोना संक्रमणबाट २९ जनाको मृत्यु भएको छ। योसँगै मुत्यु हुनेको संख्या ९ हजार तीन सय २० पुगेको मन्त्रालयले जनाएको छ। त्यस्तै,एक हजार दुई ८६ जना कोरोनामुक्त भएका छन्। काठमाडौं उपत्यकाभित्र चार सय २७ जनामा संक्रमण पुष्टि भएको छ। जसमा काठमाडौंमा दुई सय ८७,भक्तपुरमा ५८ र ललितपुरमा ८२ जना छन्।

सम्बन्धित समाचार