२०८३ बैशाख ४ गते , शुक्रबार

खुकुरी प्रहार गरी साथीको हत्या गरेको आरोपमा दम्पत्ती पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ असार २५ गते , शुक्रबार
खुकुरी प्रहार गरी साथीको हत्या गरेको आरोपमा दम्पत्ती पक्राउ

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका-१ नयाँबस्तीमा धारिलो खुकुरी प्रहार गरी एक जनाको हत्या भएको छ। खुकुरी प्रहारबाट चिचिला गाउँपालिका २ घर भई हाल खाँदबारी- १ नयाँबस्ती बस्ने २६ वर्षीय पेमा शेर्पाको हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेश अधिकारीले जानकारी दिए। 

प्रहरी निरीक्षक अधिकारीका अनुसार आफ्नै साथी पेमाको हत्या गरेको आरोपमा खाँदबारी-१ नयाँबस्तीका २४ वर्षीय मुकेश तामाङ र उनकी श्रीमती वर्ष २२ को रेश्मा राईलाई नियन्त्रणमा लिएको बताए। दिदीको घरमा बस्दै आएका पेमाको शव शुक्रबार बिहान ९ बजे घर नजिकैको खोल्सामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। पेमाको हत्या भएको जानकारी पाउनासाथ प्रहरी घटनास्थल पुगेको थियो।

पुरानो रिसिइबीका कारण शुक्रबार राति २ बजे खुकुरी प्रहार गरी पेमाको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। हत्या आरोपमा पक्राउ परेका मुकेश र श्रीमती रेश्मालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताए।

सम्बन्धित समाचार