२०८३ बैशाख ५ गते , शनिबार

बालिका बलात्कार गरेको आरोपमा आँखाका डाक्टर पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ असार २६ गते , शनिबार
बालिका बलात्कार गरेको आरोपमा आँखाका डाक्टर पक्राउ

झापा । मोरङको पथरीशनिश्चरे नगरकी १३ वर्षीय बालिकालाई जबरजस्ती बलात्कार गरेको अभियोगमा आँखा डाक्टर पक्राउ परेका छन् ।  पथरीशनिश्चरे–१ स्थित दृष्टि चस्मा घरमा कार्यरत सप्तरी जिल्ला स्थायी घर भएका २८ वर्षीय आँखा डाक्टर राजेश साहलाई इलाका प्रहरी कार्यालयले पक्राउ गरेको हो । 

साहलाई पीडित परिवारले इप्रका पथरीमा जबरजस्ती करणी सम्बन्धी किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो । आँखा डाक्टर साहले अश्लील भिडियो देखाउँदै ती बालिकालाई पटक पटक जबरजस्ती करणी गरेको पीडित बालिकाले प्रहरीको बयानमा दिएकी छन् । 

साह र पीडित परिवार एउटै घरको फ्लाइटमा डेरा बस्दै आएका थिए । बालिकाको अभिभावक घरमा नभएको बेला साहले ती बालिकालाई अश्लील भिडियोहरू देखाउँदै जबरजस्ती करणी गर्दै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 

साहले बलात्कार गर्न थालेपछि बालिका दिनदिनै निन्याउरो हुने र अप्ठेरो गरी हिँड्न थालेपछि अभिभावकले सोधखोज गर्दा जबरजस्ती करणीमा परेको घटना खुलेको थियो । बालिकाले सो कुरा परिवारमा भनेपछि अभिभावकको उजुरीको आधारमा मङ्गलवार इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएका थिए । 

नियन्त्रण रहेका साहविरुद्ध जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरेर कारबाही थालिएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी कृष्ण खड्काले बताए ।  सप्तरी जिल्ला स्थायी घर भएका २८ वर्षीय साहले आफूलाई आँखाको डाक्टर भन्ने गरे पनि सो स्तरको स्वास्थ्यकर्मी हो, होइन प्रमाण–पत्र मगाउने काम भइरहेको इलाका प्रहरी कार्यालय पथरीका मुद्दा शाखामा कार्यरत प्रहरी नायव निरीक्षक गिरिराज खड्काले बताए । ब्लाष्टखबरबाट

सम्बन्धित समाचार