२०८३ बैशाख ४ गते , शुक्रबार
बिर्तामोडमा अर्ध नग्न अवस्थामा युवतिको शव भेटियो
झापा । झापाको बिर्तामोड नगरपालिका सुगम पेट्रोल पम्प छेउमा सोमबार बिहान अर्ध नग्न अवस्थामा एक युवतीको शव फेला परेको छ।
बिर्तामोड नगरपालिका वडा न ७ स्थित पूर्व–पश्चिम राजमार्ग अन्तरगत रहेको सुगम पेट्रोल पम्प देखि उत्तर एक युवतीको शब फेला परेको हो। अन्दाजी २६ वर्षीया सृजना बस्नेत अर्ध नग्न अवस्थामा घर अगाडि मृत फेला परेकी झापा प्रहरीले जनाएको छ।
सानिमाको घरमा स–परिवार बस्दै आएकी सृजना घरको आँगनमा अर्ध नग्न अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए। घटनाको विषयमा अनुसन्धान सुरु गरिएको प्रवक्ता थापाले बताए।