२०८३ बैशाख ५ गते , शनिबार

उच्च अदालत इलाम परिसरमा महिला कर्मचारी मृत फेला

sajilo news
पार्थ मण्डल
२०७८ असार २८ गते , सोमबार
उच्च अदालत इलाम परिसरमा महिला कर्मचारी मृत फेला

इलाम । उच्च अदालत विराटनगर इलाम इजलासमा कार्यरत कार्यालय सहयोगी मृत फेला परेकी छिन्। ४८ वर्षीया विमलाकुमारी पराजुली कार्यालय परिसरमै सोमबार बिहान ८ बजे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। सोलुखुम्बुको नेचासल्यान गाउॅपालिका–२ घर भएकी उनको शव कार्यालय पोशाकमै भेटिएको प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताए।  शवको अवस्था पहिचान गर्न नेपाल प्रहरीले धरानबाट विशेषज्ञ कुकुर मगाएको छ।

सम्बन्धित समाचार