२०८३ बैशाख ३ गते , विहीबार

तेस्रो मुलुकबाट आयातित सुपारी झापामा फलेको कागज बनाएर भारत निर्यातको चलखेल सुरु

sajilo news
पार्थ मण्डल
२०७८ असार २८ गते , सोमबार
तेस्रो मुलुकबाट आयातित सुपारी झापामा फलेको कागज बनाएर भारत निर्यातको चलखेल सुरु

झापा। इन्डोनेसियाबाट चालु आर्थिक वर्षमा सुपारीको पैठारी गर्न अनुमति पाएको व्यापारिक समूह त्यही आयातित सुपारीलाई भारत निर्यात गर्ने चलखेलमा लागेको छ। इन्डोनेसियामा उत्पादन भएर त्यहीँबाट पैठारी गरिएको सुपारीलाई झापामा उत्पादन गरिएको भन्ने फर्जी कागज बनाएर निर्यात गर्ने चलखेल सुरु भएको हो। झापाका सौर्य एयरलाइन्सका सञ्चालक दीपक पोखरेलको नेतृत्वमा रहेको समूहका सदस्यहरू सुपारी निर्यात खुलाउन सक्रिय भएका छन्।
निर्यात खुलाउनमा सक्रिय हुनेमा झापाका गोविन्द सरिया र प्रदीप मित्तल तथा विराटनगरका दिनेश राठी लगायतका छन् । झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठले सुपारी निर्यातका लागि स्वीकृति प्रदान गर्न नेपाल उद्योग वाणिज्य महासंघ, वाणिज्य विभाग लगायतका निकायमा संघले पत्राचार गरेको जानकारी दिए।

झापामा झापा उद्योग संघले मात्र उत्पत्तिको प्रमाणपत्र अर्थात् सर्टिफिकेट अफ ओरिजिन (सीओ) जारी गर्ने अनुमति पाएको छ। मोरङमा मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त रूपमा सीओ जारी गरिरहेका छन्। भर्खरै सक्रिय हुन थालेको नेपाल उद्योग परिसंघको प्रदेश नम्बर १ को शाखाले पनि सीओको अधिकार पाएको छ। निर्यातका लागि 'सीओ' अनिवार्य डकुमेन्ट हो।

झापामा झापा उद्योग संघले मात्र उत्पत्तिको प्रमाणपत्र अर्थात् सर्टिफिकेट अफ ओरिजिन (सीओ) जारी गर्ने अनुमति पाएको छ। मोरङमा मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त रूपमा सीओ जारी गरिरहेका छन्। भर्खरै सक्रिय हुन थालेको नेपाल उद्योग परिसंघको प्रदेश नम्बर १ को शाखाले पनि सीओको अधिकार पाएको छ। निर्यातका लागि 'सीओ' अनिवार्य डकुमेन्ट हो।

'झापाको सुपारी निर्यात हुन नसकेको ५ वर्ष भयो,' अध्यक्ष श्रेष्ठले भने, 'वर्षको ९ हजार मेट्रिक टनका दरले ४५ हजार मेट्रिक टन सुपारीको निकासी गर्न पाउनुपर्छ भन्ने हाम्रो माग छ। यसबीचमा उत्पादनमा वृद्धि पनि भएको छ। हामीले २०७०/७१ मा ९ हजार मेट्रिक टन सुपारीको निर्यात गरेका थियौं। त्यस हिसाबले पनि ४५ हजार टनको स्टक हुन्छ। सरकारले ५ वर्ष मौज्दात रहेको सुपारीलाई निर्यात गर्न स्वीकृति दिनुपर्छ भन्ने हाम्रो आग्रह हो।' 

उनले झापाको शनिश्चरे, अर्जुनधारा लगायतका ठाउँमा उल्लेखनीय रूपमा सुपारी खेती भइरहेको स्पष्ट पारे। श्रेष्ठले झापाको सुपारी उत्पादक संघ अध्यक्ष देवीप्रसाद खतिवडाले संघका तर्फबाट झापा उद्योग वाणिज्य संघमा पत्राचार गर्दै सुपारीको निर्यात खोलाउन आग्रह गरेको जानकारी दिए।

उनले भने 'हामीले सुपारी उत्पादक संघको पत्र पनि संलग्न गरेर माथिका निकायलाई अनुरोध गरेका छौं।,' नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले झापाबाट सुपारी निर्यातका लागि सिफारिस पाऊँ भन्ने पत्र महासंघमा आएको स्वीकार गरे।

अध्यक्ष गोल्छाले तर महासंघले यस्तो सिफारिस दिनु नपर्ने जानकारी दिए। 'महासंघले सिफारिस गर्ने नियम हटिसकेको छ,' गोल्छाले भने, 'कहिले हटेको हो मलाई यकिन भएन। म वरिष्ठ उपाध्यक्ष हुनुभन्दा अगाडि नै हटेको हो। त्यसैले सुपारीमा महासंघको कुनै रोल छैन।'

स्रोतका अनुसार झापाका सुपारी व्यवसायी विराटनगर भन्सारमा आएर कार्यालय प्रमुख शिव भण्डारीसित भेट गरी निर्यातमा सकारात्मक भइदिन अनुरोध गरिसकेका छन् । प्रत्युत्तरमा प्रमुख भण्डारीले निर्यातका लागि आनाकानी गर्दै व्यवसायीले पेश गरेको कागजपत्र हेर्नसमेत मानेनन्। उनले यस्तो क्रिटिकल बेलामा आफू सुपारीको निर्यातप्रति सकारात्मक हुन नसक्ने उत्तर दिएका थिए। यसपछि उनलाई माथिबाट फोन गराइएको स्रोतको दाबी छ। 
बिजमाण्डू संवाददाताले राखेको जिज्ञासामा प्रमुख भण्डारी आफूले यसबारेमा केही बोल्न नसक्ने भन्दै पन्छिए। समुद्रपारका मुलुकबाट पैठारी गरिएको सुपारीलाई नेपालको उत्पादन भन्ने देखाएर आर्थिक वर्ष २०६७/६८ देखि भारततर्फ निर्यात गर्न थालिएको थियो। भारतको सरकारी पक्षले सुपारीको फर्जी निर्यात बन्द गर्न तीव्र दबाब दिइरहे पनि निकासीको क्रम २०७०/७१ सम्म कायम रह्यो।
उद्योग संगठन मोरङका अनुसार आर्थिक वर्ष २०७२/७३ देखि सुपारीको निकासी हुन सकेको छैन। यसको मुख्य कारण भारतीय दबाब नै हो। भारतीय पक्षले नेपाल र भारतका उच्च अधिकारीका बैठकमा सुपारीको निर्यातलाई मुख्य मुद्दा बनाउने गर्दथ्यो। आर्थिक वर्ष २०७१/७२ मा झापा जिल्लाले ९ हजार र मोरङ जिल्लाले २ हजार ८ सय ८२ मेट्रिक टन सुपारी निर्यात गर्ने कोटा पाएका थिए। बिजमाण्डूबाट साभार

सम्बन्धित समाचार