२०८३ बैशाख ३ गते , विहीबार

कोभिड अस्पतालमा आगलागी, ४० जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ असार २९ गते , मंगलबार
कोभिड अस्पतालमा आगलागी, ४० जनाको मृत्यु

काठमाडौं ।  इराकको एक कोरोना अस्पतालमा आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । दक्षिणी इरानको नासिरियास्थित अल हुसेन अस्पतालमा गएराति भएको आगलागीमा परी ठूलो संख्यामा मानवीय क्षति भएको हो। अधिकारीहरुका अनुसार अस्पतालको अक्सिजन प्लान्ट विस्फोट हुँदा आगलागी भएको अनुमान गरिएको छ।

आगलागीमा अस्पतालको कोभिड वार्डका बिरामीहरुको मृत्यु भएको हो। त्यहाँका एक स्वास्थ्य अधिकारीका अनुसार आगो पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन। आगलागीमा परी घाइते भएकाहरुको उपचारका लागि अन्य वार्डमा सारिएको छ भने मृत्यु भएकाहरुको शव निकाल्ने काम भइरहेको छ। 

आगलागीबाट नष्ट भएको वार्डमा ६० जनाको उपचार भइरहेको थियो। आगलागीपछि अस्पताल बाहिर अस्पताल प्रशासनविरुद्ध प्रदर्शन भएका छन्। इराकी संसदका प्रवक्ता मोहमद अल हलबौसीले यो घटनाले इराक सरकार नागरिकको सुरक्षाका लागि असक्षम रहेको पुष्टि भएको आरोप लगाएका छन्।

इराकमा गत अप्रिल महिनामा पनि राजधानी बगदादस्थित एक अस्पतालको अक्सिजन प्लान्ट विस्फोट हुँदा ८२ जनाको मृत्यु भएको थियो। यो घटनापछि स्वास्थ्यमन्त्री हसन–अल–तामिमीले राजीनामा दिएका थिए। इरानमा कोरोनाबाट हालसम्म १७ हजारको मृत्यु भइसकेको छ।

सम्बन्धित समाचार