२०८३ बैशाख ५ गते , शनिबार

सुजिता हत्या प्रकरण : आरोपी देवरसहित चार जना सार्वजनिक

sajilo news
पार्थ मण्डल
२०७८ असार २९ गते , मंगलबार
सुजिता हत्या प्रकरण : आरोपी देवरसहित चार जना सार्वजनिक

झापा । प्रहरीले महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराकी सुजिता ठाकुरको हत्या आरोपमा चार जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा मृतक सुजिताका देवर २९ वर्षीय रुपेश ठाकुर, स्थानीय ३७ वर्षीय बण्ठा भन्ने किशोरी मण्डल, ३३ वर्षीय मुल्ला भन्ने आदम राईन र ३२ वर्षीय नथुनि मण्डल छन्। महोत्तरी प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी अभियुक्तलाई सार्वजनिक गरेको छ। सुजिताको गाडिएको अवस्थामा दुई दिन पहिले भेटिएको थियो।

महोत्तरीका प्रहरी प्रमुख उपरीक्षक दिनेश आचार्यले पक्राउ परेका बण्ठा, मुल्ला र नथुनिले शव ओसारपसार गरी गाड्न सहयोग गरेकोले पक्राउ गरिएको जानकारी दिए। घटना बारे अनुसन्धान पुरा नभएको उनले जानकारी दिए। 

प्रहरीले हत्याको कारण पनि खुलाएको छैन। प्रहरीले घट्ना लगत्तै तत्काल मृतकका श्रीमान मुकेश ठाकुरलाई पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा उनको संलग्नता नदेखिएकोले थुनामुक्त गरिएको प्रहरीले जनाएको छ। थाहाखबरबाट

सम्बन्धित समाचार