२०८३ बैशाख ४ गते , शुक्रबार

सृजना मृत्यु प्रकरण : प्रहरीले मोबाइल जाँच गर्न काठमाडौँ पठायो

sajilo news
पार्थ मण्डल
२०७८ असार ३० गते , बुधबार
सृजना मृत्यु प्रकरण : प्रहरीले मोबाइल जाँच गर्न काठमाडौँ पठायो

बिर्तामोड । दुई दिनअघि झापाको बिर्तामोड –५ मा अर्धनग्न अवस्थामा फेला परेकी २५ वर्षीया युवती सिर्जना बस्नेतको सत्यतथ्य अझै बाहिर आएको छैन । सत्यतथ्य सार्वजनिक गर्न झापा प्रहरीले आवश्यक अनुसन्धान गरिहरेको छ ।

शवको प्रकृतिले हत्याको आशंका गर्न सकिने धेरै आधारहरु देखिए पछि प्रहरीले सोही आधारलाई मानेर अनुसन्धानलाई अघि बढाएको छ । सत्यतथ्य पत्ता लगाउन प्रहरीले सक्रियता देखाए पनि युवतीका आफन्तले ‘आत्महत्या’ गरेको दावी गर्दै आएका छन् । बस्नेतको दाहशंस्कारमा आफन्तजनले ‘आत्महत्या’ गरेको भन्दै अन्य मलामीलाई बताएको बुझिएको छ । यद्धपि, अनुसन्धानलाई प्रहरीले मसिनो गरि अघि बढाएको छ । झापा प्रहरीका प्रवक्ता राकेश थापाले अनुसन्धानका लागि आवश्यक प्रमाण जुटाउने काम भइरहेको जानकारी दिए । उनले युवतीको मोवाइल फरेन्सिक जाँचको लागि काठमाडौं पठाइएको जानकारी दिएका छन् । पोष्टमार्टमको रिपोट पनि आइसकेको छ ।

आफन्तसँग डेरामा बस्दै आएकी बस्नेतको शव सोही घरमुनी फेला परेको थियो । सबै तलाका ढोकामा चावी लगाइएको अवस्थामा युवतीको शव घर बाहिर भेटिनुले घटना रहस्यमय बनेको आम बुझाई छ । घटना पश्चात प्रहरीको तालिम प्राप्त कुकुरबाट अनुसन्धानमा सहायता लिइएको थियो । सो कुकुर युवती बस्ने घरभित्रै छिरेपछि प्रहरीको अनुसन्धान पनि घरतिरै मोडिएको छ ।

सम्बन्धित समाचार