नवजात शिशुको हत्या गरेको आरोपमा आमा-बुबासहित चार जना पक्राउ
झापा । मोरङ रङ्गेली ५ स्थित आँपगाछी टोलका नवजात शिशुको हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रङ्गेली नगरपालिका ५ आँपगाछी टोलका २५ वर्षीया खुश्वु मण्डल, उनका बुबा ५० वर्षीय नागेशवर मण्डल, आमा ४८ वर्षीय उर्मिला मण्डल र उनका श्रीमान् २८ वर्षीय अरुण मण्डल रहेका छन् ।
गत आइतबार राति खुश्वुले छोरीलाई जन्म दिई ब्ल्याँग्केटले घाँटी थिची हत्या गरी उनकै आमा बुवाले सञ्चालन गर्दै आएको रङ्गेली नगरपालिका ५ चाँदनी चोकस्थित मदिरा पसलभित्र खाल्डो खनी गाडेको अनुसन्धानको क्रममा खुल्न आएपछि उनीहरू चारै जनालाई मङ्गलवार इलाका प्रहरी कार्यालय रँगेलिबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यता पक्राउ परेका चार जनालाई उपर कर्तव्य ज्यान कसुरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।