२०८३ बैशाख १५ गते , मंगलबार

भद्रपुरमा तीन दिनको अन्तरालमा चार जनाको कोरोना सङ्क्रमणबाट मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ असार ३१ गते , विहीबार
भद्रपुरमा तीन दिनको अन्तरालमा चार जनाको कोरोना सङ्क्रमणबाट मृत्यु

झापा । कोरोनाबाट भद्रपुरमा तीन दिनको अन्तरालमा चार जनाको मृत्यु भएको छ । भद्रपुरमा आज बिहान थप दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै नयाँ भेरिएन्टको कोरोनाबाट भद्रपुरमा २९ जनाको मृत्यु भएको भद्रपुर नगरपालिका स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराई जानकारी दिए ।

उनका अनुसार बिहीबार सङ्क्रमणबाट मृत्यु हुनेमा भद्रपुर नगरपालिका २ स्थित पृथ्वीनगर निवासी ७४ वर्षीय योङ्गहाङ्ग थरका वृद्ध र भद्रपुर नगरपालिका ५ स्थित नयाँ बजार निवासी प्रधानाङ्ग थरका ८८ वर्षीय वृद्ध रहेको छ । योङ्गहाङ्गलाई असार २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।  उनको उपचारको क्रममा मेची अस्पताल भद्रपुरमा मृत्यु भएको छ ।

त्यस्तै प्रधानाङ्गलाई असार ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको होम आइसोलेसनमै मृत्यु भएको फोकल पर्सन भट्टराईले जानकारी दिए । यता दुवै कोरोना सङ्क्रमितको शव नेपाली सेनाको टोली व्यवस्थापन गरेको उनले बताए । बुधवार भद्रपुर नगरपालिका ९ निवासी ५८ पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो । मङ्गलवार भद्रपुर नगरपालिका १० निवासी ३९ वर्षीया महिलाको पनि सङ्क्रमणबाट मृत्यु भएको थियो । 

सम्बन्धित समाचार