२०८३ बैशाख ५ गते , शनिबार

ट्र्याक्टरको पार्टपुर्जा चोरेको आरोपमा भारतीय युवक पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ असार ३१ गते , विहीबार
ट्र्याक्टरको पार्टपुर्जा चोरेको आरोपमा भारतीय युवक पक्राउ

झापा ।  झापा गाउँपालिका-१ लसुनावाट ट्र्याक्टर पार्टपुर्जा चोरेको आरोपमा एक भारतीय युवक पक्राउ परेका छन् । पक्राउ पर्ने युवक भारत किशनगंज जिल्ला लक्ष्मीपुर गाउँ बस्ने २० वर्षीय समिम अख्तर रहेका छन् । ट्र्याक्टर धनी जेवरप्रसाद गणेशको ट्र्याक्टर पटक पटक पार्टपुर्जा हराउन थालेपछि गणेशले चोरले बिक्री गरेको ठाउँ पत्ता लगाउन सफल भएका थिए ।

ट्र्याक्टर धनी गणेशले पसलेसँग समन्वय गरेर यदि कसैले ट्र्याक्टर पार्टपुर्जा बिक्री गर्न आयो भने फोटो खिचेर राख्नु भनी अनुरोध गरेका थिए । त्यहीँ फोटोको आधारमा आज आफ्नो घरनजिकै रहेको रक्सी पसलबाट दिउँसो ती व्यक्तिलाई पक्राउ गरी कुमरखोद इलाका प्रहरी कार्यालयमा बुझाएको गणेशले बताएका छन् । पक्राउ पर्ने युवक आफूले पटक पटक गणेशको ट्र्याक्टर पार्टपुर्जा चोरी गरेको कुरा स्वीकार गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार