२०८३ बैशाख ४ गते , शुक्रबार

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण ३ गते , आईतबार
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

झापा । १६ वर्ष ८ महिना कैद सजाय तोकिएका कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ बुढानीलकण्ठ ४ बस्ने १९ वर्षीय पासीकोट गुरुङ रहेका छन् । चितवन जिल्ला अदालतको २०७७ मङ्सिर १२ गतेको फैसला अनुसार कर्तव्य ज्यान मुद्दा कसुरमा १६ वर्ष ८ महिना कैद ,५ लाख जरिवाना र पीडित राहत कोषमा २ हजार ८ सय रुपैयाँ क्षतिपूर्ति दाखिला गर्नुपर्ने सजाय सुनाएका थिए ।

हालसम्म फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले सुनसरीको तरहराबाट पक्राउ गरी झापा जिल्ला अदालतमा उपस्थित गराएको छ । अदालतको आदेशले कारागार चलान गरिने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार