२०८३ बैशाख ४ गते , शुक्रबार
भारतीय प्रधानमन्त्री मोदीले दिए देउवालाई बधाई
झापा । प्रतिनिधिसभाबाट विश्वासको मत पाउनेवित्तिकै प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । भारतीय प्रधानमन्त्री मोदीले ट्वीटरमार्फत देउवालाई बधाई दिएका हुन् । उनले प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । देउवाको कार्यकालमा द्विपक्षीय सम्बन्ध अझ गहिरो हुने पनि मोदीले बताएका छन् । देउवा प्रधानमन्त्री नियुक्त भएपछि भारतीय राजदूतले भेटेर बधाई दिएका थिए । तर, प्रधानमन्त्री मोदीले बधाई दिएका थिएनन् ।