२०८३ बैशाख ५ गते , शनिबार
लागु औषधसहित एक युवक पक्राउ
सुनसरी । सुनसरी धरान उपमहानगरपालिका ८ तीनकुनेबाट प्रतिबन्धित लागु औषधीसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान १६ का १९ बर्षीय कुमार तामाङ रहेका छन् । गएराति ८ बजे अस्थाई प्रहरी पोष्ट तिनकुने धरानबाट खटिएको प्रहरी टोलीले तामाङलाई प्रतिबन्धित औषधी Spaspain – १५०० ट्याव्लेट र Tramol-50 –१५०० ट्याव्लेटसहित पक्राउ गरेको हो । पक्राउ परेका तामाङ उपर ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको जनाइएको छ