२०८३ बैशाख ३ गते , विहीबार

टोकियो ओलम्पिकमा नेपालको मार्चपास

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण ८ गते , शुक्रबार
टोकियो ओलम्पिकमा नेपालको मार्चपास

काठमाडौं । कोरोना महामारीकै बीच जापानको राजधानी टोकियोमा ३२ औं ग्रीष्मकालिन ओलम्पिक प्रतियोगिता सुरु भएको छ।संसारका ११ हजार खेलाडी टोकियोमा भेला भएका छन्। जापानी राष्ट्रिय गान र सांस्कृतिक नाचगानसहित सुरु भएको उद्घाटन समारोहमा रंगशाला वरपर आतसबाजी पनि प्रस्तुत गरिएको छ। ओलम्पिकमा ३३ खेलका ३३८ इभेन्टमा प्रतिस्पर्धा हुनेछ। ओलम्पिकमा नेपालबाट चार खेलमा पाँच जना सहभागि छन्। पौडिकी गौरिका सिंहले दोस्रोपटक ओलम्पिक खेल्दैछिन्।

गौरिकासहित पौडिकै एलेक्स शाह, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट पनि छिन्। जुडोकी भट्टले रुसकी डोल्गोभा इरिनासँग शनिबार प्रतिस्पर्धा गर्ने जनाइएको छ।

सम्बन्धित समाचार