२०८३ बैशाख ४ गते , शुक्रबार

उपेन्द्र समूहले पायो जसपाको आधिकारिकता, महन्थ समूहमा १६ जना मात्रै उभिए

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण ११ गते , सोमबार
उपेन्द्र समूहले पायो जसपाको आधिकारिकता, महन्थ समूहमा १६ जना मात्रै उभिए

काठमाडौं । जनता समाजवादी पार्टी जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव समूहले पाएको छ। निर्वाचन आयोगमा भएको हेड काउन्टको आधारमा अध्यक्ष यादव समूहलाई आधिकारिकता दिएको हो। 

निर्वाचन आयोगले आधिकारिकता टुंग्याउन जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिलाई निर्वाचन आयोग बोलाएको थियो।  अर्का अध्यक्ष महन्थ ठाकुर समूहमा १६ जना मात्रै उभिए भने यादव समूहको पक्षमा ३४ जनाले सनाखत गरेका थिए। निलम्बित सांसद रेशम चौधरी तटस्थ बसेका थिए।

आधिकारिकता प्राप्त गरेपछि पार्टीबाट विभाजन नभएर केही व्यक्ति निस्केको नेता महेन्द्र राय यादवले बताए। उनले भने, ुहामीले ४ जनालाई यसअघि नै कारबाही गरिसकेका छौँ। त्यहीअनुसार पार्टी अगाडि बढ्छ।ु

सम्बन्धित समाचार