२०८३ बैशाख ४ गते , शुक्रबार
सत्तारुढ गठबन्धनको बैठक : मन्त्रिपरिषद् तत्काल विस्तार गर्ने सहमति
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकार विस्तारको कामलाई छिटोभन्दा छिटो अगाडि बढाउने विषयमा सहमति भएको नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । मन्त्रीपरिषद् विस्तारका लागि सत्ता सहयात्री दलहरुले आ–आफ्नो प्राविधिक विषयहरु तत्काल टुंगोमा पुर्याउनुपर्ने विषयमा पनि छलफल भएको महामन्त्री खड्काले बताए ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका न्यूनतम साझा कार्यक्रमको टुंगो तत्काल लगाउन महामन्त्री खड्काको नेतृत्वमा रहेको कार्यदललाई निर्देशन दिए ।बालुवाटार बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालका पक्षबाट पोलिट्ब्यूरो सदस्य डा. विजय पौडेल पनि सहभागी भएका थिए ।