२०८३ बैशाख ४ गते , शुक्रबार

झापामा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण १८ गते , सोमबार
झापामा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ

झापा । झापामा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-३ धर्म चोकका १७ वर्षीय दिपेन कार्की रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी सुनिलसिंह दाहालले जानकारी दिए ।

प्रहरीका अनुसार कार्कीले साउन ३ गते बालिकाको घरमै गएर बलात्कार गरेको अनुसन्धानबाट खुलेको छ । बालिकाले आइतबार मात्रै साथीहरूसँग खेल्ने क्रममा उक्त कुरा बताएपछि अभिभावकले थाहा पाएका थिए ।

अभिभावकले सो कुरा थाहा पाए लगतै इलाका प्रहरी कार्यालयमा आएर जाहेरी दिएका डिएसपी दाहालले बताए । प्रहरीमा जाहेरी परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका कार्कीमाथि जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गराई झापा जिल्ला अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान गरिरहेको उनले बताए । 

सम्बन्धित समाचार