२०८३ बैशाख ४ गते , शुक्रबार

एमालेले गठन गर्‍यो ९ विभाग

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण १८ गते , सोमबार
एमालेले गठन गर्‍यो ९ विभाग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विभिन्न ९ वटा विभाग गठन गरेको छ।  सोमबार बसेको पार्टी स्थायी कमिटीको बैठकले विभिन्न विभाग गठन गरेको हो । अध्यक्ष केपी शर्मा ओली प्रमुख रहेको ११ सदस्यीय स्कुल विभाग गठन गरिएको छ। उपमहासचिव विष्णु पौडेल प्रमुख रहेको संगठन विभाग, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ प्रमुख रहेको संसदीय विभाग गठन गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।  
त्यसैगरी स्थायी कमिटी सदस्य विष्णु रिमाल प्रमुख रहेको आर्थिक विभाग, भानुभक्त ढकालको नेतृत्वमा पर्यटन प्रवद्र्धन विभाग, प्रवक्ता ज्ञवालीको नेतृत्वमा प्रचार विभाग, डाक्टर राजन भट्टराईको नेतृत्वमा विदेश विभाग, अग्नि खरेलको नेतृत्वमा निर्वाचन विभाग र देवेन्द्र दाहालको नेतृत्वमा स्थानीय तह विभाग गठन गरिएको छ। 

विभाग २५ सदस्यीय बनाउन मिल्ने भएपनि सबैमा आधाजस्तो पद रिक्त राखिएको छ । प्रवक्ता ज्ञवालीले असन्तुष्ट पक्ष पार्टीमा फर्किए समेटेर अघि बढ्नका लागि विभागमा केही ठाउँ खालि राखिएको बताए।  

सम्बन्धित समाचार