२०८३ बैशाख ४ गते , शुक्रबार
झापामा ब्राउन सुगरसहित फेरि एक जना पक्राउ
झापा । झापामा लागू औषध ब्राउन सुगरसहित फेरि एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरादह नगरपालिका १ बस्ने ३७ वर्षीय कृष्णकुमार ताजपुरिया रहेका छन् । मङ्गलवार दिउँसो ३ बजे गौरादह बजारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मे ७ प ६७६७ नम्बरको मोटरसाइकल चालक ताजपुरियालाई खानतलासी गर्दा ६ ग्राम ब्राउन सुगर फेला पारेको थियो । उनलाई नियन्त्रणमा लिई आवश्यक सोधपुछ गर्दा गौरादह २ बस्ने ३९ वर्षीय सुमनकुमार कार्कीबाट किनेको खुलेपछि कार्कीको घरको सुत्ने कोठामा खानतलासी गर्दा खुल्ला प्लास्टिकभित्र ३० ग्राम ब्राउन सुगर बरामद गरिएको थियो । कार्की तत्काल फरार रहेको हुँदा कडाइका साथ खोजतलास भइरहेको र ताजपुरियालाई कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।