२०८३ बैशाख ३ गते , विहीबार

सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण २२ गते , शुक्रबार
सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

झापा । कोरोना महामारीको जोखिमका बेला भौतिक उपस्थितिमा परीक्षा गर्नु उयुक्त नहुने भन्दै परीक्षा स्थगित गर्न माग भइरहेका बेला निकट भविष्यमा हुने सबै पक्षा स्थगित गर्न सिफारिश गरिएको छ। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सबै परीक्षा स्थगित गर्न सीसीएमसीमा सिफारिश गरेको जानकारी दिएका छन्।

उनले शिक्षा मन्त्रालयसँगको समन्वयमा परीक्षाहरु स्थगित गर्न सीसीएमसीमा आफूले सिफारिश गरेको ट्वीटरमार्फत जानकारी दिएका छन्। उनले लेखेका छन्, ‘कोभिड–१९ संक्रमण फैलदैं गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको जानकारी गराउँछु।’

यही साउन ३२ गतेबाट कक्षा १२ को परीक्षा हुने कार्यतालिका छ। तर कोरोनाको प्रकोप बढिरहेकाले सो परीक्षा स्थगित गर्न माग हुँदै आएको छ। काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालेसमेत सो परीक्षा स्थगितका लागि पहल भइरहेको बताएका छन्। डिसी नेपालबाट

सम्बन्धित समाचार