२०८३ बैशाख ३ गते , विहीबार

एसईईको नतिजा सार्वजनिक

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण २३ गते , शनिबार
एसईईको नतिजा सार्वजनिक

झापा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गरेको छ । बोर्डले विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई प्रमाणित गरेर नतिजा प्रकाशन गरेको हो ।

बोर्डको आज बसेको बैठकले विद्यालयबाट आएको मूल्याङ्कनलाई प्रमाणीकरण गरी नतिजा प्रकाशित गरिएको परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिए ।परीक्षा नियन्त्रण कार्यालयका अनुसार एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ।

सरकारले कोरोना भाइरसको सङ्क्रमण बढेपछि २०७७ सालमा कक्षा १० का विद्यार्थीको एसईईको अन्तिम मूल्याङ्कन गर्ने जिम्मेवारी सम्बद्ध विद्यालयलाई नै दिने निर्णय गरिएको थियो ।

एसईईका विद्यार्थीको विद्यालयले मूल्याङ्कन गरेको यो दोस्रो पटक हो । यसअघि २०७६ सालका एसईईका विद्यार्थीको मूल्याङ्कन गर्ने जिम्मेवारी पनि विद्यालयलाई दिइएको थियो ।

सम्बन्धित समाचार