२०८३ बैशाख ४ गते , शुक्रबार

झापाको पृथ्वीनगर नाकाबाट लागुऔषध भित्राउने गिरोह सक्रिय, ब्राउन सुगरसहित दुई जना पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण २३ गते , शनिबार
झापाको पृथ्वीनगर नाकाबाट लागुऔषध भित्राउने गिरोह सक्रिय, ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा । भद्रपुरबाट लागु औषध ब्राउन सुगरसहित एक भारतीय दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत पश्चिम बङ्गाल तोतापाडा घर भई हाल विहार राज्यको किशनगंज जिल्ला अन्तरगत ठाकुरगंज निवासी २८ वर्षीय श्रवण राय र भद्रपुर नगरपालिका ३ हातिमारा निवासी २४ को खेमराज कुँवर रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार भद्रपुर-३ स्थित किचनकवध नाकाबाट लागु औषध बोकेर नेपाल तर्फ आइरहेको भारतीय युवक रायलाई प्रहरी कार्यालय झापा र सीमा प्रहरी चौकी पृथ्वीनगरको संयुक्त टोलीले शनिवार दिउँसो पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट २१ ग्राम २६० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । त्यस्तै प्रहरीले कुवरको साथबाट Eskuf – ३ बोतल र Nitrosun ट्याबलेट १ पत्ता (१० पिस) बरामद गरेको छ । लागु औषधसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय झापामा राखिएको जनाइएको छ । पछिल्लो समयमा भद्रपुर-३ स्थित पृथ्वीनगरसँग जोडिएको नाकाबाट लागु औषधको कारोबार फस्टाएको छ । त्यही नाकाबाट हाल सम्म सशस्त्र र नेपाल प्रहरी एक दर्जन बढी व्यक्तिलाई पक्राउ गरिसकेको जनाइएको छ ।

सम्बन्धित समाचार