२०८३ बैशाख ३ गते , विहीबार

अफगानिस्तानमा ३८५ तालिवान लडाकु मारिए, २१० घाइते

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण २३ गते , शनिबार
अफगानिस्तानमा ३८५ तालिवान लडाकु मारिए, २१० घाइते

झापा । अफगानिस्तानमा सुरक्षा कारबाहीमा परी थप ३८५ तालिवान लडाकु मारिएका छन्। सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भएका घटनामा परी २ सय १० जना घाइतेसमेत भएका छन्।

देशको रक्षा मन्त्रालयका अधिकारीले विभिन्न ठाउँमा भएका घटनामा सुरक्षाकर्मीलाई ठूलो सफलता प्राप्त भएको जनाएका छन्। विशेष गरेर नानगार्हार, जोगार, घज्नी, पक्तीका, मैदान वार्दाक, कान्दहर, हेरात, फाराह, ज्वोजान, सामान्गान, हेल्मन्ड, ताखार, बाघलान र कापिसा प्रान्तमा घटना भएका हुन्।

पछिल्ला केही हप्ता अफगानिस्तानमा सुरक्षा कारबाहीमा परी मृत्यु भएकाको संख्यामा वृद्धि भएको पाइएको छ। तालिवान लडाकुले देशका विभिन्न सहरलाई आफ्नो नियन्त्रणमा रहेको घोषणा गर्न थालेपछि सरकारी सुरक्षाकर्मीले पनि सुरक्षा कारबाही बढाएका हुन्। रासस

सम्बन्धित समाचार